प्रिन्स मिश्रा / कपिलवस्तु, १४ माघ
कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मल सहित एक ट्याक्टर पक्राउ गरेको छ। गाउँपालिकाको विचौवापुरबाट नम्बर बिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो। ट्याक्टरमा सरकारी अनुदानको मल अवैध रूपमा ओसार पसार भएको प्रहरीले जनाएको छ । ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिनु भयो। घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको बताइएको छ । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

