राजन कुमार बानिया / पर्सा ,१४ माघ
पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं ५ सबैठवामा डायमण्ड क्रिकेट कल्बले अायोजना गरेको उपाध्यक्ष टि २० ब्रिकेट प्रतियोगिताको अाज फाईनल खेलमा डायमण्ड क्रिकेट कल्ब जित हासिल गरेको छ। डायमण्ड क्रिकेट कल्ब पकहामैनपुर र बिन्दबासनी क्रिकेट कल्ब बिच भएको फाईनल खेलमा डायमण्ड क्रिकेट कल्बले ३५ रनले जित हासिल गरेका छन। डायमण्ड क्रिकेट कल्बले पहिलो बैटिंग गरि अौल अोभरको दस बिकेट गुमाउदै खेल १८९ रन बनाएको थियो भने उसको प्रतिउतरमा उतरेका बिन्दबासनी क्रिकेट कल्बले १७.५ अोभरमा अौल बिकेट गुमाउदै १५४ रन बनाएर पराजित भएको थियो। अाजको फाईनल खेलमा मैन अौफ दि मैच डायमण्ड क्रिकेट कल्ब पकहामैनपुर का बिजय पटेल ले घोषणा भएको थियो। अायोजक कमिटी ले बिजेता र उपबिजेता हरु लाई नगद समेत बितरण गरेको थियो। बिजेता लाई ५० हजार र उपबिजेता लाई २५ हजार नगद समेत सिल्ड बितरण गरिएको थियो। फाईन खेलमा प्रमुख अतिथ रहनु भएको पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सरफुन नेशा खातुन र पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ अायोजक संस्था का अध्यक्ष नासिर हुसेन र जनकिर हुसेनले बिजेता र उपबिजेता हरु लाई नगर र सिल्ड बितरण गरिएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

