राष्ट्रिय दैनिक / नेपालगञ्ज , १४ माघ
बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा अाइतबार भाेजपुरी बहुचर्चित नायक एवं गायक राजा भाेजपुरीया लगायतका राष्ट्रिय कलाकारहरु आउने भएका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा भारतकाे बहुचर्चित नायक एवं गायक राजा भाेजपुरीया , नेपाली ख्याती प्राप्त गायिका रचना रिमाल , गायक सुकदेव अधिकारी , गायक अशाेक रावल आउने कार्यक्रम तय भएको राजविर जैसवालले जानकारी दिए ।
यस बाहेक दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारहरु संग मनोरञ्जन गर्ने, कुस्ती प्रतियोगिता हेर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रर्वद्धनमा टेवा पुर्याउनेछन ।
यस्तै दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । दर्शकले बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्नुका साथै बाल उद्यान, स्टल अवलोकन गरेर भरपुर्ण आनन्द उठाईरहेका छन ।
महोत्सवको आर्कषणका रुपमा थारु गाउँ समेत राखिएको छ । थारु गाउँमा समेत दर्शकलाई छुटटै मनोरञ्जनका लागि थारु परिकार, थारु नाच, थारु गितसंगितले भरपुर मनोरञ्जन गराएको महोत्सबका प्रत्यक्ष दर्शिहरु बताउँछन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

