खगेन्द्र अवस्थी /कैलाली, १४ माघ
घोडाघोडी बहुमुखी क्याम्पस सुखको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार कैलालीको सुखडमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले कार्यक्रमको समुद्धाटन गर्दै आयोग एक विशुद्ध सामाजिक संस्था भएको जनाउँदै आयोग गुणस्तरीय वस्तुहरूमा बढी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। घोडाघोडी बहुमुखी क्याम्पसलाई आफूले सक्ने आफ्नो क्षमताले भ्याएसम्म क्याम्पसमा गुणस्तरिय पढाईका लागि समेत पहल गर्ने उहाँले बताउनु भयो उक्त कार्यक्रममा बोल्दै क्याम्पस विकासका लागि आफूले हरतरहले लागि पर्ने उहाँले बताउनु भयो।
यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष विष्णु प्रसाद सापकोटाले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आफुले क्याम्पसका लागि गर्न सक्ने कामहरू आफ्नो पालोमा गर्ने बताउनु भयो भर्खरै भएको निर्वाचनले आफूलाई क्याम्पस संचालक समितिको अध्यक्ष जस्तो जिम्मेवारी पद दिएकामा सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गर्नु भयो।
घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद कुमार खड्काले २०६२ सालमा स्थापित छोटो समयमा यस क्याम्पसमा जुन अतुलनीय योगदान गर्नु भयो हामी आभारी छौ र पुनः क्याम्पसका लागि अझ राम्रो गरिदिनु हुने छ भन्ने आशा समेत क्याम्पस परिवाले लिएको बताउनु भयो।
घोडाघोडी बहुमुखी क्याम्पस आर्थिक निम्न स्थिति भएको यहाँका बासिन्दाको टाढा गएर पढ्नु पर्ने अवस्थाको अन्त्य भएको छ। छोटो समयमा कैलाली जिल्लामा एउटा शैक्षिक हब बनेको छ ठाउँ ठाउँमा क्याम्पस स्थापना भएका छन् त्यसैले हामीले विद्यार्थीको पढाइका लागि एउटा राम्रो वातावरण बनाउन जरुरी भएको घोडाघोडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रवक्ताले बताउनु भएको हो।
घोडाघोडी बहुमुखी क्याम्पस शिक्षा क्षेत्रमा जसरी फटको मारिरहेको छ धेरै ठाउँका बिद्यार्थी जसरी तान्न सफल भएको छ यो क्याम्पसले यो क्षेत्रमा घोडाघोडी बहुमुखी क्याम्पसले ठूलो भूमिका खेलेको सुदुरपश्चिम प्रदेशका माननीय सभासद रामेश्वर चौधरीले बताउनु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

