Rashtriya Dainik

कारागारकाे निरिक्षणमा प्रमुख जिल्ला अधिकारी पाण्डेय

उत्तमकुमार थापा/ बझाङ,१४ माघ
जिल्ला कारागार बझाङकाे प्रमुख जिल्ला अधिकारीद्वारा निरिक्षण गरिएको छ ।

आज विहान सदरमुकाम चैनपुरमा रहेको जिल्ला कारागारकाे प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयद्वारा निरक्षण तथा अनुगमन गरिएको हाे । प्रमुख जिल्ला अधिकारी जिल्लामा पुगेपछि विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले के कसरी काम गरिरहनु भएको छन भन्ने विषयमा छड्के अनुगमन तथा निरिक्षण गरिरहनु भएको जिल्ला प्रशासन कार्यालय स्राेतले बताएको हाे ।

सिडियाे पाण्डेयले कारागार भित्र रहेका विभिन्न मुद्दाका कैदीहरुलाई उनको समस्याबारे साेधपुछ गर्नु भएको र कैदिबन्दिले पाउने सेवा सुविधामा कमि नहुन दिन निर्देशन समेत दिएको निमित्त जेलर धनबहादुर घर्तीले बताए । शनिवार विहान कारागार भित्र रहेका बन्दिहरुलाई प्रत्येक्ष भेटेर सबैलाई नियमको पालना गर्न निर्देशन दिदै,कैदिका समस्या बारे साेधपुछ गर्दा कैदिले कुनै समस्या नभएको बताएका छन । भित्र रहेको पुस्तकालयमा किताब थपिदिन आग्रह गरेका हुन । सिडियाे पाण्डेयले कैदीबन्दीलाई कारागार भित्र भेट्दा उनिहरुले समस्या राख्न सहज भएको बताए । प्रमुख जिल्ला अधिकारी सँगै डिएसपी जागेश्वर भण्डारी र शस्त्र प्रहरीवल बझाङका डिएसपी नेत्र केशी पनि हुनुहुन्थ्यो,जेलभित्र रहेका कैदिले आफुहरुलाई भित्र कुनै समस्या नभएको बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित