Rashtriya Dainik

बर्दघाट नगरक्षेत्रमा क्रियाशिल पत्रकारहरुले दर्ता गराए बर्दघाट प्रेस क्लब

नवलपरासी ,१४ माघ
पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा क्रियाशिल पत्रकारहरु संगठित भएका छन् । बर्दघाट क्षेत्रको बिभिन्न मुद्धा उठान गर्दै पेशागत हकहितको प्रर्वद्धन गर्ने उद्धेश्यले बर्दघाट प्रेस क्लब गठन गरेर पत्रकारहरु संगठित भएका हुन् ।
यस अघि पनि पटक पटक बर्दघाटका पत्रकारहरुले संगठित हुने जमर्काे गर्दै आएका थिए । यस पटक भने बिधिवत रुपमा नै बर्दघाट प्रेस क्लब दर्ता समेत गरिएको हो ।
गैरसरकारी संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय नवलपरासी बसुपमा प्रेस क्लब दर्ता भएको अध्यक्ष कुश्माकर ढकाल (कृष्ण)ले जानकारी गराउनुभयो । उहाँले बर्दघाटलाई संचारहबका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालका अनुसार क्लबले पत्रकारहरुलाई बेलाबखतमा आइपर्ने संभावित असुविधा र असुरक्षा आदि बारे अवगत गराउने र सचेत गराउन तालिम, सेमिनार तथा गोष्ठी संचालन गर्ने र पत्रकारका बिभिन्न संस्थासंग सहकार्य गर्नेछ । अध्यक्ष ढकालले संस्थाले पत्रकारिता क्षेत्रको अध्ययन गरी पत्रकारहरुको दक्षता अभिबृद्धि मार्फत पत्रकारिताको प्रभावकारिताका लागि योजना बनाउने र मिडिया उद्यमको विकासको लागि टेवा पु¥याउने समेत बताउनुभयो । सामाजिक सशक्तीकरण, जनचेतना अभिबृद्धि, सूचना प्रवाह, संचारसीप अभिवृद्धिलगायत पत्रकारितासँग सम्बिन्धत सवै प्रकारका गतिविधि संचालन गर्ने हाम्रो उद्धेश्य हो – उहाँले भन्नुभयो । – पत्रकारहरु समस्यामा पर्दा उनीहरुलाई सहयोग पु¥याउन कोष खडा गर्ने लगायतका काम समेत गर्नेछौ ।
क्लबका उपाध्यक्ष रवि पाण्डेयले बर्दघाट नगरक्षेत्रमा क्रियाशिल रहेका सक्रिय पत्रकारहरुको पेशागत सुरक्षा आपसी सुसम्बन्ध र एकता कायम गर्न क्लबले भुमिका खेल्ने बताउनुभयो । उहाँले बर्दघाट नगरक्षेत्रको साझा समस्या बारे अध्ययन र अनुसन्धान गर्ने, समाधानका लागि आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्ने लगायत बिभिन्न उद्धेश्यमा क्लब क्रियाशिल हुने जानकारी दिनुभयो ।

क्लबको ११ सदस्सीय कार्यसमितिमा कुश्माकर ढकाल (कृष्ण) अध्यक्ष , रवि पाण्डेय उपाध्यक्ष, प्रकाश न्यौपाने सचिव , रामु भुसाल सहसचिव, बिष्णु खनाल भण्डारी कोषाध्यक्ष , मुक्ति तिवारी, प्रमोद अर्याल, रविन शर्मा चापागाई, लक्ष्मी अर्याल, सुशिला पाण्डे र रचना चौधरी सदस्य रहनुभएको छ । क्लबको दर्ता नम्बर २४५४ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित