Rashtriya Dainik

प्रतापपुरमा अनियमितता विरुद्ध विरोध (फाेटाे फिचर )

राष्ट्रिय दैनिक / नवलपरासी , १४ माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बेलाटारीमा अनियमितता विरुद्ध विरोध गरिएको छ।

प्रतापपुर पालिकामा अनियमितता भएको भन्दै शुक्रबार सर्वदलीय अभियानले विरोध गरेका हुन ।

पालिकाले मनाेमानि ढंगले स्वास्थ्यचाैकी भएको ठाउँमा पालिका भवन निर्माण गर्न लागि रहेको भन्दै स्वास्थ्यचाैकी बचाउ अभियान संयाेजक हेमेन्द्र पन्जियारले घाेर अाप्पति प्रकट गर्नुभएको छ। स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा पालिकाले खेलवाड गरिरहेकाे र मनाेमानि ढंगले जे पाई त्यहि काम गरिरहेकाे भन्दै पन्जियारले अाप्पति ब्यक्त गर्नुभएको हाे। पालिकाका विभिन्न अनियमितता अाफुहरु हेरिरहेकाेले अब विशेष अान्दाेलन स्वरुप कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिनुभएको हाे।

कार्यक्रममा बद्री यादव ,धिरज त्रिपाठी लगाएतले पालिकाकाे कार्यकारी अधिकृतकाे शैलिप्रति बिशेध गर्दै यश पालिकामा जनताकाे प्रत्यक्ष लाभ हुने किसिमकाे काम नभएको भन्दै अस्पताल निर्माण कार्य अस्पताल भएको ठाउँमा हुनुपर्ने माग गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित