Rashtriya Dainik

राष्ट्रिय स्वतन्त्र पार्टीका सबै कार्यक्रम स्थगित,दलको नेतामा अर्याल

काठमाडौ ,१४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि गर्ने भनेका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरेको छ ।
नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज गरेपछि पार्टीका कार्यक्रमहरु स्थगित भएका हुन् । पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

सर्वोच्च अदाललको फैसलापछि बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो ।

उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन् । बैठकमा रवि लामिछाने उपस्थित भएनन् ।

बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्ने र कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित