चितवन, माघ १३–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।
सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् । ‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले नारायणीले भने ।
उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन् । उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा पनि लामिछाने नै चितवन २ बाट उम्मेदवार बन्ने बताइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

