राष्ट्रिय दैनिक / नवलपरासी , १३ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा निःशुल्क आँखा शिविर सुरु भएको छ।

रोटरी क्लब अफ नवलपरासीकाे अायाेजना तथा नेपाल नेत्रज्योति संघ डा. विनोद निता कंडेल आँखा अस्पताल परासीकाे प्राविधिक सहयोग एवं सरावल गाउँपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सुरुवात गरिएको छ।

रोटरी क्लब अफ नवलपरासीकाे अध्यक्ष सुमन गाेपाल अाचार्यकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा एवं उपाध्यक्ष बासमति हरिजनकाे विशिष्ट अातिथ्यतामा एक कार्यक्रम बिच आँखा शिविर उदघाटन गरिएको हाे।
आँखा शिविर उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको बताउनु भयो । आँखा मानिसको महत्वपुर्ण अंग भएको कारणले आँखा सम्बन्धि समस्या भएको नागरिकलाई यश समस्याबाट छुटकारा दिलाउनकाे लागि याे शिविर राखिएको बताउदै अगामि दिनमा यस्ता महत्त्वपूर्ण काम पालिकाबाट गरिने बताउनुभएको थियो ।

कार्यक्रममा नेत्र अधिकृत नेत्र मगर , मनरी स्वास्थ्यचाैकी इन्चार्ज निलकन्ठ भण्डारी , अाँखा अस्पताल सदस्य लक्ष्मी नरायण गुप्ता लगाएतले बाेल्नु भएको थियोे ।
बिरेन्द्र अग्रहरीकाे स्वागत मन्तब्यबाट सुभारम्भ भएको आँखा शिविरकाे कार्यक्रम रोटरी क्लब अफ नवलपरासीकाे सचिव बिनिराम भुषालले सन्चालन गर्नुभएको थियो ।

शिविरमा शल्यक्रियाको लागि छनौट भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिइएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

