तुलसीराम पौडेल / सियारी,१३ माघ
रुपन्देहीको सियारी गाउँपालिका -४ छपिया स्थित पब्लिक नमुना माध्यमिक विद्यालयको ५० बर्ष पार गरेको शुभ अवसरमा विद्यालयद्वारा आयोजित स्वर्ण महोत्सव विहिवार विविध कार्यक्रम सहित समापन भएको छ।
स्वर्ण महोत्सव माघ ८ गतेदेखि संचालन भइ १२ गते समापन भएको हो । समापन समारोहलाई लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै उहाँले विद्यार्थीलाई आत्मनिर्भर बनाउने सिपयुक्त शिक्षा विद्यालयले दिनुपर्नेमा जोड दिनुभयो ।जिल्ला शिक्षा समन्वय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले बालबालिकाको भवियको रेखा कोर्ने महत्त्वपूर्ण भुमिका अभिभावक नै भएकोले अभिभावक नै सचेत भएर जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो।साथै उहाँले कम समयमा शिक्षाको क्षेत्रमा पब्लिक मावी फड्को मार्न सफल भएको बताउनु भयो ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले समग्र सियारीको शैक्षिक प्रगतिको लागि सियारी गाउँपालिका लगानी गर्न सक्रिय भएर लागेको बताउनु भयो ।साथै उहाँले पब्लिक मावी नमुना भए जस्तै सियारीका अन्य विद्यालयलाई पनि नमुना बनाउन लाग्ने बताउनु भयो ।
प्रदेश शिक्षा मन्त्रालय उपसचिव मनोज गैरेले शिक्षाको समग्र विकासको लागि पब्लिक माविले उदाहरणिय काम गर्न सफल भएको बताउनु भयो ।कार्यक्रममा स्वर्ण महोत्सव सफल पार्न महत्त्वपूर्ण भुमिका खेल्ने व्यक्तित्वहरुलाई कदर पत्र ,विविध कार्यक्रमका उत्कृष्टलाई पुरस्कार वितरण गरिएको थियोे । विद्यार्थीको विभिन्न सस्कृती झल्काउने नृत्य सहित रास्टिय कलाकार बद्री पङ्गेनी र ज्योति मरासिनिको बेजोड प्रस्तुति रहेकोे थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलाराम खनालबाट विद्यालयको स्थापन कालदेखि हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यता, प्रधानाध्यापक डिलाराम खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक द्वय इन्द्र प्रसाद तिवारी र षडानन्द शर्मा गौतमले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

