Rashtriya Dainik

विनयी त्रिवेणी ६ नेपाल आधारभुत विद्यालय प्रसैयामा सरस्वती पुजा एवम् बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रम

अारपि उपाध्याय / नवलपरासी , १२ माघ पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ अन्तर्गत रहेको नेपाल आधारभुत विद्यालय प्रसैयामा सरस्वती पुजा एवम् साना बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रम विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
सो अवसरमा विद्यालय सेवा क्षेत्रका २० बालबालिकाहरुलाई अक्षरारम्भ गरि अङ्ग्रेजी माध्यमको पुस्तक निशुल्क प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ। विद्यालयका प्रधानाध्यापक यम सिंह थापाको अध्यक्षतामा आयोजित सरस्वती पुजा एवम अक्षरारम्भ कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजित कुमार मल्लले विद्यालयमा बाल कक्षाबाटै अङ्ग्रेजी माध्यमको शिक्षा भए लगत्तै विद्यार्थीको संख्या बढेको बताउनु भयो। एक फरक प्रसङ्गमा अध्यक्ष मल्लले विनयी त्रिवेणी गाउँपालिकाले विद्यालयमा दिदै आएको आधारभुत तहको शिक्षक अनुदान कोटा कटौती बाट विद्यालयमा ठूलो मार परेकोले उक्त निर्णय गाउँपालिकाले सच्याउनु पर्ने विचार व्यक्त गर्नुभयो। सो अवसरमा अभिभावक थमन बहादुर थापा,आर.पि. उपाध्याय लगायतले पनि शैक्षिक गतिविधिमाथी प्रकाश पार्नु भएको थियो। २०२४ सालमा साबिक सुस्ता पन्चायतमा स्थापना भएको विद्यालय २०३६ सालमा विनयी त्रिवेणी ६ को प्रसैयामा स्थापित भएपछि गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै आएको शिक्षक मनोज चौधरीले जानकारी दिनुभएको छ। कार्यक्रममा अभिभावक,शिक्षक,विद्यार्थी लगायत सरोकारवाला निकायको बाक्लो उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित