Rashtriya Dainik

जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न

उत्तमकुमार थापा ,बझाङ
जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ ।

सदरमुकाम चैनपुरमा रहेकाे जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न सम्पन्न भएको हाे । नगरपालिकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रम सभा अध्यक्ष नगरपालिकाका मेयर चेतराज वजाल रहनुभएकाे थियाे । नगरसभामा कार्यपालिका सदस्यहरु सबै नगरसभा सदस्यकाे रुपमा रहनुका साथै उपमेयर रतन बहादुर सिँहले विभिन्न विषयमा जानकारी गराउनु भएको हाे ।

नगरपालिकाकाे आज ११ औं नगरसभामा विभिन्न विषयहरु पारीत गर्नु भएको हाे । जसमा विपद व्यावस्थापन विधेयक २०७९,खेलकुद विकास विधेयक २०७९,तलकाेट गाउँपालीकाकाे वडा नम्बर १ सुनिकाेटलाई जयपृथ्वी नगरपालिकामा गाभ्ने सम्वन्धमा वया नम्बर ११ लाई विभाजन गर्ने सम्वन्धमा न्यायिक समितिका प्रतिवेदन लगाएतका विधेकहरु बहुमतले पारीत गर्नुभएको हाे ।

मेयर चेतराज वजालले नगरसभामा तलकाेट गाउँपालीका वडा नम्बर १ सुनिकाेटलाई नगरपालिकामा गाभ्ने प्रस्ताव राखेपछि नगरपालिका वया नम्बर ९,८,३, लगाएतका वडा अध्यक्ष सहित केही सदस्यहरुले सभा वहिस्कार गर्नु भयाे । वहिसकार गरेका जनप्रतिनिधिले तलकाेट १ लाई नगरपालिकामा ल्याउन केही विज्ञहरु सँग छलफल गर्नु पर्ने भन्दै आफ्नाे असहमति रहेकाे वडा नम्बर ८ का अध्यक्ष लाेकेन्द्र बाेहराले बताए । असहमति जनाउदै केही जनप्रतिनिधिहरु सभाबाट बाहिरीनु भयाे तर बहुमत पुगेकाे भन्दै,नगरसभावाट मेयर चेतराज वजाल उपमेयर रतन बहादुर सिँहलगाएतका जनप्रतिनिधिले तालिपिटेर बहुमतका साथ सुनिकाेटलाई नगरपालिकामा गाभ्ने निर्णय पारीत गर्नु भएको हाे । नगरसभामा प्रमुख प्रशासकीय अधिकृतले विभिन्न विधेकलाई सभामा राख्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन देवेन्द्र जाेशीले गर्नुभएको हाे । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी पत्रकार लगाएतकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित