काठमाडौं , ११ माघ : यातायात कार्यालय धनकुटाका हाकिम बाबुराम लुईँटेललाई कालोमोसो दलिएको छ। बाबुराम लुईँटेलले कार्यालयमा घुस लिएर मात्र काम गर्ने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी बहुमत पार्टीका संयोजक मोहन घलेले बुधबार विज्ञप्ति जारी गर्दै लुईँटेलले आफू मातहतका दलाल परिचालन गरी कार्यालयबाट प्रदान गरिने सेवामा घुस लिएको आरोप लगाएका छन् ।
‘लुईँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सरकारी नीति अनुसार प्रकृया पुर्याएर उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स दिन सेवाग्राहीबाट प्रतिगोटा १२ हजार देखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले उनलाई चेतावनीसहित सांकेतिक कारबाही गरिएको जानकारी गराउँछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।
लुईँटेलले घुस लिने गरेको विषय जिल्ला संगठन समिति अन्तरगत न्यायिक समितिमा जाहेरी आएको र छानबिन र अनुसन्धान गर्दा प्रमाणित भएको भन्दै उनीहरुले कालोमोसो दलेको बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

