Rashtriya Dainik

विनयी त्रिबेणी ७ मा अपांगता भएका ब्यक्तिलाई सम्मान तथा न्यानो कपडा वितरण

अारपि उपाध्याय / नवलपरासी , ११ माघ

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ को आयोजनामा वडा अन्तर्गतका अपांगता भएका नागरिकहरुलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष उमेश कार्कीको अध्यक्षता तथा लक्ष्मी आमा समुहकी अध्यक्ष भागिरथा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले अपांगहरुलाई सिपमुलक कार्यक्रम दिएर अगाडी बढाउनुपर्ने कुरामाथि जोड दिनुभएको थियो ।

सो अवसरमा वडाध्यक्ष कार्कीले वडा अन्तर्गतका सबै कार्यालयलाई अपांगमैत्री बनाइने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा अपांग सस्था वडा नम्बर ७ का संयोजक धनिराम चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो । विनयी त्रिबेणी वडा नम्बर ७ अन्तर्गतका ३४ जना अपांगता ब्यक्तिहरुलाई न्यानो स्वीटर, कम्बल लगायतका समाग्री वितरण गरिएको वडा सदस्य प्राकश गुरुंगले जानकारी दिनुभएको छ ।

अपांगहरुलाई अपमान होइन सम्मान गरौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको सम्मान कार्यक्रममा वडा अन्तर्गतका जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी विनयी त्रिवेणी वडा न.६ को आयोजनामा पनि अपाङ्गता भएका नागरिकहरुलाई सम्मानका साथ न्यानो कपडा वितरण गरिएको वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित