Rashtriya Dainik

ने.रे.सो बालपुरीका संस्थापक कार्यसमितिहरुलाई सम्मान तथा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण

राष्ट्रिय दैनिक / नवलपरासी , १० माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ मा अवस्थित नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाको संस्थापक कार्यसमितिहरुलाई सम्मान तथा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

एक कार्याक्रमका बिच नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकारी ऋषिराम सुवेदीले सपथ ग्रहण तथा पद हस्तान्तरण गराएका हुन्।

माघ ६ गते भएको निर्वाचनले संस्थाको आगामी २ बर्षे कार्यकालका लागि भाेलेनाथ काेइरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

समितिको सभापतीमा भाेलेनाथ काेइरी , उप-सभापतीमा अाेम कुमारी चाैधरी ,सचिवमा इन्द्रकमल यादव ,कोषाध्यक्षमा जित बहादुर गुप्ता ,उप-सचिवमा टिपराज राय ,उप-कोषाध्यक्षमा सत्य नरायन चाैधरी सहित अन्य पाच सदस्यमा जन्मेजय यादव , देवराज राय थारु , राधा पन्जियार र ल्याकत अलि चयन भएका हुन ।

निर्वाचन अधिकारी ऋषिराम सुवेदीको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको रेडक्रसलाई स्मरण गराउँदै नागरिक समाजको अभिन्न अंगको रुपमा रहेको बताउनुभयो । रेडक्रस मानवतावादी संस्था भएकाले सामाजिक सेवा गर्नु यसको धर्म भएको धारणा राखेका थिए । मानव तथा प्रकृतिक विपत्तीमा गतिशिल भएर लाग्न सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा संस्थापक कार्यसमितिहरुलाई सम्मान तथा निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा सरावल गाँउपालिका उपाध्यष बासमति हरिजन, नेपाल रेडक्रस सोसाईटीका प्रदेश कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला सभापति राजेन्द्र अग्रहरी , पत्रकार उमेश बि.क लगायतले रेडक्रसकाे सिद्धान्तमा रहेर नवनिर्वाचित कार्यसमितिले काम गर्नुपर्ने सुझाव सहित सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित