बीरगंज १० माघ।
सरस्वती पुजाको अवसर पारेर नेपाल विधार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मगंलबार वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
यही माघ महिनामा हुने विधाकी देवी माता सरस्वती पुजाको दिन नजिकीदै जादा ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाई समिति द्वारा वृहत सरसफाई गरेको हो ।
नेपाल विद्यार्थी संघ इकाई समितिका बिद्यार्थी नेता सुधानशु चौरसियाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उप सभापति रामनारायण कुर्मी,अशोक गुप्ता , क्षेत्र न. २ को क्षेत्रीय सभापति महम्मद सहाबुदिन , नगर अध्यक्ष मनिन्द्र लाल नेपाली ( मडु ), ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख उमेश चौरसिया, लेखा प्रमुख गुन्जन सिंह, क्याम्पस प्राध्यापक कन्हैया झा, क्याम्पसका प्रजातान्त्रिक कर्मचारी संघको सभापति गिता श्रेष्ठ, नेपाल बिधार्थी संघ जिल्ला अध्यक्ष ई.रमेश कु. यादव, सचिव फिरोज अंसारी, इकाई अध्यक्ष मनोज साह, नेपाल बिधार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेता बिकास मंडल, राकेश चौरसिया, राजकुमारी साह, रुबि चौरसिया, अन्नु गुप्ता, रुपा साह, मुन्ना चौरसिया, र सागर चौरसिया लगायत विभिन्न विद्यार्थी नेता कार्यकताहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

