अारपि उपाध्याय / नवलपरासी , १० माघ
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको नर्सहीमा तेस्रो अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता मङ्गलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको अध्यक्षतामा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य देव करण कलवार (सन्तु) ले ग्रामीण भेगमा खेलाइने प्रतिस्पर्धात्मक फुटबल खेलको माध्यमबाट नव प्रतिभाशाली खेलाडीले खेलको कला सिक्न सक्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा खेलकुद विकास संघ पश्चिम नवलपरासीका अध्यक्ष रितमान गुरुङ,सुस्ता गाउँपालिका वडा न.४ का वडा अध्यक्ष निल बहादुर गुरुङ लगायतले फुटबल खेलको महत्वबारे प्रकाश पार्नुभएको थियो।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको अध्यक्ष कप फुटबल प्रतियोगितामा १२ फुटबल टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता अन्तर्गत पहिलो खेल नवलपरासी खेलकुद विकास समिती बर्दघाट र न्यु हिमचुली युवा क्लब बोहिया बिच भएको थियो। उक्त उद्घाटन म्याचमा बोहिया युवा क्लबको टिमले खेलकुद विकास समिति बर्दघाट टिमलाई शुन्यको विरुद्ध एक गोलले पराजित गरेको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बोहिया टिमका खेलाडी अनोज गैरेलाइ म्यान अफ द म्याच घोषित गरिएको थियो।
अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई रु.१ लाख ५१ हजार नगद र दोस्रो हुने टिमलाई रु.१ लाख १ हजार नगद पुरस्कार दिइने आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

