अारपि उपाध्याय / नवलपरासी , ९ माघ
सशस्त्र प्रहरीबल नेपालको २२ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीबल नेपाल त्रिवेणी बि.ओ.पी. ले सफाई कार्य सहित स्थापना दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी. ले बिनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ अन्तर्गत पर्नै त्रिवेणीधाम स्थित शिवालय मन्दिर र त्रिवेणी घाटको सफाइ कार्य सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी बल त्रिवेणी बि.ओ.पी. प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक रिवाज दहालको नेतृत्वमा १५ जना जवान सहित टोलीले शिवालय मन्दिर आसपासको ईलाका सहित नारायणी नदि किनारको सिढि सफाई कार्य सम्पन्न गरिएको निरीक्षक दहालले जानकारी दिनुभएको छ ।
सफाई कार्यक्रममा विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाह , वार्ड सदस्य र स्थानिय संघ संस्था का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
शान्ति सुरक्षा प्रतिबद्धताको महानतम जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल त्रिवेणी बि.ओ.पीले स्थापना काल देखी नै राज्यले दिएको जिम्मेवारी पुरा गर्न नागरिक संग सहकार्य गरी विभिन्न सामाजिक र रचनात्मक कार्य गर्दै आएको छ ।

२०७५ सालमा स्थापना भएको त्रिवेणी बोर्डर आउट पोष्ट ले यस पुर्व पनि सामाजिक क्रियाकलाप,खेलकुद लगायत सफाई कार्यक्रममा सहयोगी भुमिका निर्वाह गरेको विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

