Rashtriya Dainik

दलित परिवारको लागि घर हस्तान्तरण कार्यक्रम

पर्सा , ९ माघ
पिसफोर दलितस फाउन्डेसन नेपाल,मधेश प्रदेश , पर्साको सहजीकरण तथा सहयोगी दाताहरुको सहयोगमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा-६, चैनपुर गाउँको दलित बस्ती प्रमोद पासवान हजराको घर निर्माण गरि एक कार्यक्रमको बिच घर हस्तान्तरण गरिएको छ।
पर्सागढी नगरपालिका कार्यालय वडा-६, गरीब दलित टोल ,चैनपुर गाउँको उत्तर र डकैला बहुवरीको दक्षिण तर्फ तिर रहेकोे एक दलित परिवारको घर हो
पर्सागढी नगरपालिका वडा-६ को स्वर्गीय नक्कल दुसाद हजराको छोरा श्री प्रमोद हजार पासवानको यो घर रहेकोे छ।
पिसफोर दलितस फाउन्डेसन नेपालको टोलीले दलित समुदायको अवस्था , अनुगमन तथा अनुसन्धान गर्ने क्रममा यो दलित पारिवारको घरको अवस्था देखिए सहयोगी दातालाई अपिल गरि घर निर्माण गरिएको छ।यो प्रमोद पासवान दुसादको घरको अवस्था ७ महिना पहिला पानी परेको बेला यो ढलेको घरमै रात दिन बिताउनु हुन्छ। पुरै घर ढ्लेको , टुटेको थियोे । पलास्टिक ओछयाएर रात दिन बिताउने गरेका थिए ।
उहाँको श्रीमती ,२ छोरा ( सानो ) र एक छोरी (काखमा) गरि ५ जनाको परिवार रहेकोे छ। यो पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोे छ। कुनै पनि निकायले घर निर्माण कार्यमा सहयोग गरेको थिएन ।
यस दलित पारिवारको घर निर्माण कार्यमा अमेरीका बस्ने बरिस्ठ समाजसेवी मेग सुबेदीले आफ्नो छोरी Sejal and Shamira सेजल सुवेदी र शमिरा सुबेदीको नाममा एक लाख पन्ध्र हजार तथा काठमाडौं बस्ने सपनाह ज्युले सहयोग गर्नु भएको छ। साथै अमेरीका बस्ने शिवा सिलवाल ज्युले छोरी सोना सिलवालको जन्म दिनको अवसरमा उपहारस्वरूप पन्ध्र हजार आर्थिक सहयोग , ललितपुर बस्ने लायन्सको मजफ ज्योती ज्युले पाँच हजार तथा शेखर बहादुर सिंह ज्युले एक हजार पाँच सय पचास रुपैया आर्थिक र गोप्य चार हजार आर्थिक सहयोग गरि जम्मा एक लाख चालीस हजार पचास रूपमा आर्थिक सहयोग संकलन भएको थियो। यस घर निर्माण कार्यमा सम्पुर्ण खर्च जम्मा एक लाख एक लाख छपन्न हजार खर्च भएको छ। संस्थाले सोह्र हजार व्यहोरेको रहेकोे छ।
” घरमा बसोबास गर्ने प्रमोद पासवान , उहाँ श्रीमती र उहाँको बच्चाहरु खुशी भएको छ्न हाम्रो घर नयाँ निर्माण भएको छ, उहाँले भने ४ वर्ष देखि टुटेको , भतकेको घरमा बस्ने बाध्य थिए तर अहिले नयाँ घर घर निर्माण भएकोले सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन छौँ ”
यस घर हस्तान्तरणको उद्घाटन निर्वाचित दलित महिला सदस्य कविता देवी पासवान ज्युले फिता काटेर घर हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ।
यस कार्यक्रमको अध्यक्षता यस दलित समुदाय टोलको जेष्ठ नागरिक रामाअतार हजरा दुसाद ज्यु , प्रमुख अतिथि पर्सागढी नगरपालिका वडा-६ को निर्वाचित दलित महिला सदस्य कविता देवी ज्युले गर्नुभएको छ। यस घर हस्तान्तरण कार्यक्रममा निर्वाचित सदस्य , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य परमानन्द राम, सुरेन्द्र पासवान , अशोक राम , सन्जोग राम , मनोज पासवान ,बिरजा पासवान लगायत दलित युवा , बालबालिका तथा दलित महिलाहरुको सहभागिता रहेकोे थियोे ।
यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम ज्युले गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित