Rashtriya Dainik

जिल्ला भेलाको तयारी गर्दै क्रान्तिकारी माओवादी

नवलपरासी नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जिल्ला भेला गर्ने भएको छ । आइतवार बर्दघाटमा भएको जिल्ला समितिको पुर्ण बैठकले माघ २८ गते जिल्ला भेला गर्ने निर्णय गरेको जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
भेलालाई सम्पन्न गर्नका लागि बिभिन्न तयारी समितिहरु गठन गरिएको छ । यसबीचमा पार्टी सदस्यता नवीकरण तथा संगठनका स्थानीय तह सम्मका बैठक एंव जनवर्गीय मोर्चा संगठनका भेलालाई तीब्रता दिदै पार्टीको भेला लाई सफल बनाइने क्षेत्रीले बताउनुभयो ।
सो बैठकमा प्रदेश समितिका सदस्य समर , जिल्ला समितिका सचिवालय सदस्यहरु विबेक , क्रान्ति , न्युक्लियस, बसन्त र जिल्ला सल्लाहकार मुसाफिर लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
बैठकले पार्टीलाई सुदृढ बनाउने अगाडि बढ्ने निर्णय लिएको क्रान्तिकारी माओवादीले जनाएको छ।
साथै यही माघ १४ गते अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रतिनिधिमुलक भेला सम्पन्न गर्ने , शिक्षक संगठनको प्रदेश भेलामा प्रतिनिधि पठाउने र क्रान्तिकारी टे«ड युनियन महासंघको २१ गते हुने प्रदेश भेलामा प्रतिनिधि पर्यबेक्षक पठाउने निर्णय गरेको क्षेत्रीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित