रंजीत शर्मा/ नवलपरासी ,८ माघ।
श्री शंकरपुर प्राथमिक विद्यालयको अभिभावक भेला आज सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ शंकरपुर स्थित विक्रम संवत २०३६ सालमा स्थपना भएको शंकरपुर प्राथमिक विद्यालयको प्रांगणमा आइतबार अभिभावक भेला सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विश्राम केवटको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ का वार्ड अध्यक्ष चुलाही प्रसाद यादवको प्रमुख अतिथिकतामा अभिभावक भेला सम्पन्न भएको थियोे ।

भेलाको प्रमुख अतिथि वार्ड अध्यक्ष यादवले विद्यालयको विकासका लागि शिक्षक-अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताउँदै यस विद्यालयको लागि हुने सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभिभावक भेलाबाट ४ जना सदस्य समेत निर्विरोध चयन भएका छन्। मदन लाल तेली,मेनका केवट,सुरेन्द्र हरिजन, लालती केवट निर्विरोध चयन भएका छन्।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाकाका शिक्षा शाखा प्रमुख प्रमोद यादव,सहायक अशोक ठाकुर,पाल्हिनन्दन गाउँपालिकाका वार्ड न ०१ वडा सदस्य चुलाही यादव,हरपुर माध्यमिक विद्यालय हरपुरका प्रधानध्यापक पुरुषोतम गुप्ता,
बाल शिक्षा निकेतन माध्यमिक विद्यालयकाका प्रधानध्यापक सुनिल तिवारी,शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण वहादुर यादव लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

