अारपि उपाध्याय / नवलपरासी , ८ माघ
पश्चिम नवलपरासी पाल्ही नन्दन गाउँपालिका गेर्मी ईलाकाबाट भन्सार छली नेपाल भित्राइएको लेडिज सुट सहितको थप थान कपडा प्रहरीले बरामद गरेको छ।
नेपाल भारत खुला सिमानाको फाइदा उठाइ अवैध कर्मीहरुले मोटरसाइकलमा दुई बोरा लेडिज सुट सहितको कपडालाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
राष्ट्रिय अनुसन्धान कार्यालय परासीबाट प्रहरी सहायक निरीक्षक पशुपती चौधरी र प्रहरी चौकी गेर्मीबाट अ.स.इ. खिमानन्द पराजुली को संयुक्त कमाण्डमा खटेको प्रहरी टोलिले अवैध कपडा नियन्त्रणमा लिएको हो।
प्रहरीद्वारा नियन्त्रणमा लिइएको कपडाहरुमा थान कपडा ३३६ मिटर,साडी १७ पिस, लेडिज सुट ५९ पिस, लुङ्गी ४५ पिस, सानो ठुलो मोजा १५५ पिस रहेको र उक्त बरामद कपडाको मूल्य २ लाख ७७ हजार रहेकोे बताइएको छ।

प्रहरीद्वारा बरामद गरिएको कपडालाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार पठाइएको प्रहरीले जानकारी दिए।
सिमा क्षेत्रमा साना पोके अवैध कर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपनी सिमा क्षेत्रमा ठूलो हैसियत भएका अवैध कर्मीहरुलाई प्रहरीले कहिले नियन्त्रणमा लिने हो? सबैमा चासोको विषय बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

