बिनोद निगम /नवलपरासी , माघ ६
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालीका वडा नम्बर ४ हरपुरबाट आज अबैध चाैपाया ( भैंसी/पाडा) नियन्त्रणमा लिइएकाे छ ।
विषेश सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालबाट प्रहरी सहायक निरीक्षक रामसिंह क्षेत्रीको कमाण्डमा खटिएकाे प्रहरी टोलीले आज अन्दाजी ४:१५ बजे अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउदै ल्याउदै गरेको ५ वटा भैंसी र ६ वटा पाडा नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिईएकाे ५ वटा भैसींकाे अन्दाजी मुल्य रु. २ लाख ५० हजार र ६ वटा पाडाकाे अन्दाजी मूल्य १ लाख ५० हजार गरि जम्मा अं. मुल्य रु. ४ लाख बराबरको पशुजन्य चौपाया र सो अबैध चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्ने सुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिईएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भाेाजराज पाण्डेयले बताउनु भएकाे छ ।
नियन्त्रणमा लिईएकाे व्यक्ति र चाैपायालाई आवश्य कारवाहीका लागी महेशपुर भन्सार कार्यालय पठाईएकाे छ । भने अबैध चौपाया (भैंसी/पाढा) कस्ले ल्याएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैरहेको डिएसपी पाण्डेयकाे भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

