Rashtriya Dainik

माघे औसिको अवसरमा त्रिबेणी धाम मेला जाने लाखौ भक्तहजनहरुकाे भिड

बिनोद निगम / नवलपरासी , ६ माघ

पुर्वी नवलपरासीकाे बिनयी त्रिबेणी गाउँपालिका वडा नं.६ त्रिबेणी धाममा माघे औसिको अवसरमा लागेको मेलामा लाखौ भक्तहजनहरुको भिड लागेको छ ।

हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे औंसिको दिन त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको छ ।

ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा मेला प्रत्येक बर्ष लाग्ने गर्छ ।

त्रिवेणी धाममा नारायणी नदि , सोन भद्र नदि र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरेको छ ।

नारायणीमा स्नानका लागि आउने विहार ,भारतको उत्तर प्रदेश लगाएत विभिन्न ठाउको भक्तजन संगै देशका विभिन्न जिल्लाबाट त्रिवेणी धाममा आउने भक्तहरुलाई ब्यबस्थापन गर्नका लागि ट्राफिक प्रहरीलाई निकै मुस्किल परेको छ ।

सवारी साधनको भिडले सडक पूर्ण रुपमा जाम भएको छ । भक्तजनहरुलाई धाम र नारायणी किनारमा पुग्नका लागि भिडमा घन्टौं सम्म सास्ती खेप्नुपरेको छ ।

त्रिवेणीमा लाग्ने मागे औंसी मेलामा छिमेकी देश भारतबाट लाखौको संख्यामा भक्तजनहरु आउने गर्दछन् । लाखौको भिड नियन्त्रण गर्नका लागि जम्म २५ जना ट्राफिक खटिएका छन् । ट्राफिकले नत सवारी ब्यवस्थापन गर्न सकेका छन् नत भिडलाई ब्यबस्थीत गर्न सकिरहेका छन् । सडकमा ट्याक्टर, टेम्पो, बस, कार जीप , मोटर साईकल अस्त ब्यस्त संचालन हुंदा भक्तजनहरुलाई एक सय मिटर दुरी पार गर्न पनि करिव १ धन्टा लाग्ने गरेको भक्तजनहरुले गुनासो गरेका छन् ।

रातको समयमा पनि भक्तजनहरु आउने क्रम भने चलिनै रहन्छ । रातको समयमा ट्राफिक प्रहरी ब्यबस्थापनमा नखटिदा सडकमा सवारीसाधन अस्त ब्यस्त भएका हुन । बर्षौ देखि यसरीनै माघे औंसीमा त्रिवेणी धाममा मेला लाग्दै आएको छ ।

हरेक बर्ष मेला ब्यबस्थापनका लागि विभिन्न उपसमिति गठन गर्ने गरिन्छ । तर ब्यस्थापन कार्य प्रभावकारी नवन्दा मेला भर्न आउने लाखौ भक्तजनहरुले बर्षेनी सास्ती भोग्नु परेको छ । मेला अवधीभर करिव ७ लाख भक्तजन धामको दर्शन र नारायणी स्नानका लागि आउने मेला आयोजक समितिले अपेक्षा गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित