Rashtriya Dainik

प्रतापपुर गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

उमेश बि.क / नवलपरासी , ६ माघ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक सुनवाइ कार्यक्रममा गाउँ पालिकाले दिइरहेको सेवा सुविधालाइ अझ बढी पारदर्शी र विश्वासनिय ढङ्गबाट नागरिक समक्ष पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनुभएको छ।

करिब ५५ हजार जनसंख्या रहेको प्रतापपुर गाउँपालिकामा १ देखि ९ वडा रहेका छन भने झुपडी देखि महलसम्म सबैको पहुँच हुनुपर्ने स्वास्थ्य,शिक्षा,खानेपानी,सडक जस्तो प्रत्यक्ष सरोकारका विषयमा नागरिक अधिकारलाई सहज ढंगबाट पुर्याइनु पर्ने कुरामाथी सुनवाइ कार्यक्रममा जोड दिइएको थियो।

“हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास” भन्ने मुल नाराका साथ आयोजना गरिएको सार्वजनिक सुनवाइ कार्यक्रममा शैक्षिक अवस्थामा सुधार, स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको प्रयोग, कृषिको क्षेत्रमा ग्रामीण विध्युतिकरण प्रभावकारी हुनुपर्ने, रासायनिक मलको आपूर्ति बढाइनुपर्ने लगायत सरोकारका विषयबारे सुनवाइ कार्यक्रममा ध्यानाकर्षण गराइएको थियो।

सुनवाइ कार्यक्रममा पालिका अध्यक्ष यादव,उपाध्यक्ष मान कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे र सम्बन्धित वडा अध्यक्षले उठेका जिज्ञासामाथी पालिका र वडाहरुको दृष्टिकोण प्रष्टाउनु भएको जानकारीमा आएको छ।

आर्थिक वर्ष ०७८/०७९ अन्तर्गत भएका विकास निर्माण र नागरिक केन्द्रित कार्य समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरुले शाखा अन्तर्गतको उठेको प्रश्नको जवाफ दिनुभएको थियो।

कार्यक्रममा पालिका अन्तर्गतका वडाहरुमा हुने कार्यक्रमबारे स्थानिय सञ्चारकर्मीहरुलाइ सहभागीता नगराइएको बारे केही सञ्चारकर्मीहरुले सुनवाइ कार्यक्रममा ध्यानाकर्षण गराएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित