प्रिन्स मिश्रा कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगंजमा संचालन भएको युवा अमन सामाजिक विकास केन्द्र द्वारा संचालित नेपाल भारत मैत्री कप क्रिकेट टूर्नामेंट उपाधी कोटिहको टिमले जितेको छ ।
बहादुरगंजको खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिहवा टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाइ दिदै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैब स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनु भयो । खेलकुद प्रतियोगिताले खेलाडी विच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगर प्रमुख शाहले बताउनु भयो ।
आफु पनि खेलाडी भएकोले खेल र खेलाडीको महत्व बोध भएको बताउदै बहादुरगंजको खेल मैदानलाई व्यवस्थित गरी खेल मैदान बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनु भयो । क्लबले मैदानलाई व्यवस्थापन गरे नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता मेयर शाहले गर्नु भयो ।
बहादुरगंज खेल मैदानमा भएको नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टिका कपिलवस्तु जिल्ला अध्यक्ष राम निवास पुरी , युवा नेता निर्भय सिंह , राष्ट्रीय युवा संघ नेपालका पूर्व केंद्रीय सदस्य नवाब शाह , लोसपा नेपालका जिला अध्यक्ष शिव कुमर गुप्ता, समाजसेवी शिव प्रशाद जैस्वाल, इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धन बहादुर केसी , कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर खान, सेंट जुडस एकडमी स्कूलका प्रधानाध्यापक तफसीर खान, एकीकृत समाजवादी पार्टी नेपालका नगर अध्यक्ष इंतेखाब खान लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

