अारपि उपाध्याय / नवलपरासी , ५ माघ
पुर्वी नवलपरासीको त्रिबेणीमा सञ्चालित वडा स्तरिय टि/टेन क्रिकेट प्रतियोगिताको फाइनल खेलको उपाधि कालिका युवा क्लब विष्णुनगरले हात पारेको छ ।
विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको फाइनल खेल अन्तर्गत कालिका युवा क्लब विष्णुनगरले प्रसैया युवा क्लबलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरि उपाधि हात पारेको हो ।
“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा प्रसैया युवा क्लबले टस जितेर कालिका युवा क्लबलाई पहिलो ब्याटिंगको निम्तो दिएको थियो ।
पहिला ब्याटिंग गरेको कालिका युवा क्लबले निर्धारित १० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो ।
दोस्रो ईनिग्ंसमा ब्याटिंग गरेको प्रसैया युवा क्लबले निर्धारित १० ओभर खेल्दै अलआउट हुदा ६७ रन बनाउन सक्दा कालिका युवा क्लब विजयी भएको हो । फाइनल खेलमा प्रथम हुने कालिका युवा क्लबले नगद २० हजार,मेडल, कप र दोस्रो हुने प्रसैया युवा क्लबले नगद १५ हजार, मेडल र कप प्राप्त गरेको आयोजकले जानकारी गराएको छ ।
पौष २६ गतेदेखी सञ्चालन भएको क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गरेका प्रसैया युवा क्लबका खेलाडी रोल बहादुर सोमै म्यान अफ द सिरिज घोषित भएका थिए भने फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका कालिका युवा क्लबका विजय थापा म्यान अफ द म्याच घोषित भएको अम्पायर मनोज शाहीले जानकारी दिनुभएको छ ।
खेल सयोंजक शेखर खत्रीको अध्यक्षतामा सम्पन्न भएको क्रिकेट प्रतियोगितामा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका पुर्व खेलाडी विश्वमर्दन शाहले अनुशासनको दायरामा खेल्ने खेलाडीले राम्रो नतिजा प्राप्त गर्न सक्ने विचार ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महिला सदस्य शोभा क्षेत्री, पुर्व क्रिकेट खेलाडी आरपी उपाध्याय लगायत क्रिकेट खेलको महत्वमाथी प्रकाश पार्नु भएको थियो।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपी प्रमुख रिवाज दाहाल,पुर्व वडा अध्यक्ष गोपाल बहादुर क्षेत्री,स्थानीय समाजसेवी राजकुमार राई,निरन्जन थापा लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

