Rashtriya Dainik

धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य

राजन कुमार बानिया / पर्सा , ५ माघ
पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा अौषधी नरहेकोको कारण सेवा ग्राहीहरु रितो हाथ फर्कन बाध्य भएका छन। धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा दुई महिना देखि सिटामोल अौषधी समेत नरहेको कारण बिरामीहरु स्वास्थ्य संस्थाबाट अौषधी नलि रितो हाथ फर्कन बाध्य भएका छन। नेपाल सरकारको स्वास्थ्य संस्था हरुमा बिश्वास गरेर बिरामीहरु जान्छ तर चेकजाँच पछी अौषधी नपाए पछी रितो हाथ फर्कन परेको छ। स्वास्थ्य संस्था हरुमा सबै भन्दा बढि महत पुर्ण अौषधी मानिने सिटामोल जो कि स्थानिय लेबलमा बढि बिरामी हुने जरो बोखार भाईरल जरो,टाईफाईट जस्ता बिरामी हरु अाउने गर्छ । तर स्वास्थ्य संस्था हरु नभेटनु दुखद कुरो रहेको स्थानियहरुले गुनासो गरे। स्वास्थ्य चौकी लंगडीमा प्रतेक दिन ५० देखि ६० जना बिरामीहरु चेकजाँच गराउन अाउनु हुन्छ त्यसा बढि गरेर रुगा खोकी र जरोको बिरामी अाउन्छन । स्वास्थ्य संस्थामा चेकजाँच पछी बोखार जरोको सिटामोल अौषधी नै नपाउनेले यो स्वास्थ्य संस्थाको के महत्व हुने जनाए । नेपाल सरकारको स्वास्थ्य चौकी हरुमा प्रतेक वर्ष लाखौ रुपैया अौषधी खरिद र कर्मचारी लगायत उपकरण हरुमा खर्च गरिरहेका छन तर स्थानिय सरकारका जनप्रतिनिधि र कर्मचारी हरको मोटो कमिशनका कारण सम्यमा अौषधी खरिद लगायत बितरणमा समस्या भएको कारण स्वास्थ्य संस्थामा अौषधी नरहेको कारण समस्या भएको छ। धोबिनी गाउँपालिकाको स्वास्थ्य चौकी र स्वास्थ्य प्रमुख हरुको चर्म लापरबाहीका कारण स्वास्थ्य संस्थामा अौषधी समस्या देखिएको स्थानिय हरुको गुनासो रहेको छ। जनप्रतिनिधि हरुले अाफ्नो बिकास निर्माणको काममा कमिशनको झेलमा रहेको कारण जनता हरुको प्रत्यक्ष सोरकारवाला काम स्वास्थ्य सेवामा कुनै ध्यान कुनै अनुगमन कुनै निरिक्षण नगरिएको कारण स्वास्थ्य संस्थाहरुले भगवान भरोसे चलिरहको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित