काठमाडौं- बलात्कार मुद्दामा तनहुँ र नवलपुर दुवै अदालतबाट सफाइ पाए पनि कलाकार पूर्णविक्रम शाह (पल शाह) थुनामै बस्नुपर्ने भएको छ।
मंगलबार तनहुँ र यसअघि नवलपुर अदालतले उनलाई सफाइ दिएको थियो। बलात्कार मुद्दामा सफाइ दिए पनि नवलपुर अदालतले पललाई बाल यौन दुरुपयोगको कसूरमा दोषी ठहर गरेको थियो।
बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै पललाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने फैसला गरेको थियो। जसकारण पल अझै डेढ वर्षभन्दा बढी कैद बस्नु पर्ने हुन्छ।
पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो।
पीडित होस्टाइल भएपछि नवलपुर अदालतले पललाई करणीको मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दुरुपायोगको मुद्दामा दोषी ठहर गरी सजाय सुनाइएको थियो। नवलपुर जिल्ला अदालतले भदौ २१ गते फैसला गरेको थियो।
बलात्कार मुद्दामा पल शाहले पाए सफाइ
पलविरुद्ध ११ फागुन २०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेपछि उनी थुनामा पुगेका थिए।
पीडित किशोरीले आफूमाथि पलले नवलपुरको गैँडाकोटस्थित होटलमा पनि बलात्कार गरेको भनेपछि नवलपुरमा पनि उनीमाथि अनुसन्धान अगाडि बढाइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

