नवलपरासी , ५ माघ
पश्चिम नवलपरासीको बर्दघाटमा आगोलागि हुँदा करिब एक लाख रुपैयाँको क्षति भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ बण्डाखोला बस्ने मधुसुदन भण्डारीको घर नजिकै रहेको परालको टौवामा बुधबार साझ सभा सात बजे आगोलागि भएको थियो ।
आगोलागि हुँदा मानवीय क्षति हुन पाएन भने काठ, पराल जल्दा एक लाख रुपैयाँ बराबरको क्षति भएको
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहायताले राती ९ बजे आगोलागि नियन्त्रणमा आएको डिएसपी पाण्डेले बताउनुभयो। आगोलागिको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

