Rashtriya Dainik

रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस ठोक्किदाँ १० जना घाईते

बुटवल । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् ।

बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलबस्तु तर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो एक आपसमा ठक्कर खाएका थिए । दुर्घटना परी घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी हवलदार रामचन्द्र केसीले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम खुल्न बाँकी रहेको प्रहरी हवलदार केसीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित