Rashtriya Dainik

सुर्यनगर रङगशाला उत्कृष्ट बन्न सक्छ : सांसद चौधरी

नवलपरासी , ४ माघ

पश्चिम् नवलपरासीको बर्दघाट १६ मा रहेको चर्चित सुर्यनगर रङगशालाको यस क्षेत्रका संघिय सांसद बिनोद चौधरीले अवलोकन गर्नुभएको छ ।नव युवा क्लवले हरेक बर्ष जिल्लाकै सर्वाधिक पुरस्कार राशिाको सुर्यनगर गोल्डकप(फुटवल) संचालन गर्दै आईरहेको छ । अवलोकन पश्चात सांसद चौधरीले यसलाई जिल्लकै उतकृष्ट खेलमैदानको रुपमा बिकास गर्न आफु लागिपर्ने बताउनुभयो । स्थानिय स्तरमा दक्ष खेलाडि उत्पादन गर्न मात्रै नभै यस क्षेत्रलाई खेलकुदका माध्य बाट बिश्व जगतमा चिनाउन सुर्यनगर गोल्डकपलाई निरन्तरता दिनुपर्नेमा चौधरीले जोड दिनुभयो ।आगामि दिनमा गोल्डकप संचालनकालागि आफले सक्दो सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्लवले माघको अन्तिम साताबाट सातौ संकरणको सुर्यनगर गोल्डकपको आयोजना गर्न लागेको बर्दघाट १६ का अध्यक्ष भिमकाजि गुरुङले जानकारी दिनुभयो । सुर्यगनर रङगशालाको स्तरोन्नतिका लागि बर्दघाट १६ का पुर्व वडा अध्यक्ष सुक बहादुर गुरुङ,क्लवका पुर्व अध्यक्ष भिमकाजि गुरुङले बिषेश पहल गर्दै आईरहेका छन् ।बर्दघाट नगरपालिकाले समेत सुर्यनगर गोल्डकपको संरक्षकत्व लिदै आईरहेको छ । प्रत्येक बर्ष यसलाई निरन्तरता निद चुनौति रहेपनि खेल क्षेत्रको संवद्र्धनका लागि सबैको सहयोगमा गोल्डकपको आयोजना गर्दै आईएको वडाअध्यक्ष भिमकाजि गुरुङले बताउनुभयो । तत्कालिन वडाध्यक्ष सुक बहादुर गुरुङले रङगशालाको भौतिक संरचना निर्माण र स्तरोन्नतिकालागि प्रदेश सरकार र बिभिन्न निकायमा पहल गरेका थिए ।भिमकाजि गुरुङ पछि अहिले क्लवको नेतृत्व अमर थापाले गरिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित