Rashtriya Dainik

नवलपरासी प्रहरीद्वारा चौपाया,लत्ता,कपडा लगायत सामाग्री बरामद

अारपि उपाध्याय / नवलपरासी , ४ माघ

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भन्सार छली नेपाल भित्राइएको चौपाया,लत्ता,कपडा लगायत सामाग्री सोमबार बरामद गरेको छ।

जिल्ला अन्तर्गतको ईलाका प्रहरी कार्यालय बर्दघाट प्रहरी चौकी रामनगर,भुजहवा,गेर्मी लगायत प्रहरी इकाइबाट अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिमका सुचना अधिकारी डिएसपी भोजराज पान्डेले जानकारी दिनुभएको छ।

प्रहरीद्वारा बरामद गरिएको सामाग्रीमा चौपाया,लत्ता,कपडा,मोबाइल, खाद्यान्न समाग्री,सवारीसाधन, बच्चाको खेलौना,ट्वाइलेट कम्बोर्ट सिट,टीभी लगायत सामाग्री रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीद्वारा बरामद गरेको सामाग्रीको मूल्य ४ लाख ४० हजार रहेको छ भने सबै बरामद सामाग्रीलाइ आवश्यक कारवाहीको लागि महेशपुर भन्सार पठाइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित