Rashtriya Dainik

भुपु सैनिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड त्रिबेणीको १३ औँ साधारण सभा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , ३ माघ
पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ अन्र्तगत रहेको भुपु सैनिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड शिवपुरगढिको १३ औँ साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष कन्हैया लाल कुर्मीको अध्यक्षता तथा विनयी त्रिबेणी वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथयतामा सम्पन्न भएको कार्यक्रममा बाल्दै प्रमुख अतिथि शाहले सकारात्मक उदेश्यका साथ खोलिएका सहकारी सस्थाले राम्रो नतिजा निकाल्न सक्ने धारणा राख्दै आर्थिक रुपले कमजोर मानिसको जिवनस्तर माथि उकास्न सहकारी सस्था बलियो माध्यम रहेको बताउनुभयो । कार्यक्रममा सस्थाका प्रबन्धक सिँह बहादुर थापाले कुल ३ करोड ४६ लाख २४ हजार बराबरको सस्थाले आर्थिक कारोबार गरेको प्रतिबेदन प्रस्तु्त गर्नुभएको थियो । त्यसैगरि सस्थाले उक्त अवधिमा ११ लाख ९५ हजार शुद्ध नाफा गर्न सफल भएको सस्थाकी कोषाध्यक्ष बाल कुमारी आलेले जानकारी दिनुभएको छ । सो अवसरमा सस्थाका लेखा समयोजक राम लखन महतो, साना किसान कृषी सहकारी सस्था त्रिबेणीका प्रबन्धक सरिता शर्मा, त्रिबेणी महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष तारा देवी पौडेल, मध्यवर्ती सहकारी सस्था त्रिबेणीका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, आरपि उपाध्याय लगाएतले सहकारीको महत्व माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा १२ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको सस्थाका उपाध्यक्ष मंगलसिँह थापाले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित