कपिलवस्तु / ३ माघ
कपिलवस्तुमा प्रहरी र बन कर्मचारीकाे मिलाेमताेमा काठ तस्करी भइरहेको पाइएकाे छ।
कपिलवस्तु विजयनगर गाउँपालिका र भारतको बलारामपुर नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन ।

विजयनगर गाउंपालिकाका वडा ६ , ७ र कृष्णनगर नगरपालिका वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।

जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

