कपिलवस्तु, ०२ माघ
काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ कृष्णनगरको गोलघर चोकमा नि वर्तमान सांसद अभिषेक प्रताप शाहको अगुवाईमा दिप प्रज्वलित गरी मृतकप्रति श्रद्धाञ्जलि दिइएको थियो l
मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरिएको थियो। दुर्घटनाको छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गर्दै नि वर्तमान सांसद शाहले यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिए।
मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।
आयोजित दिप प्रज्वलन कार्यक्रमा अजित सिंह, नागेश्वर मिश्र, देवेन्द्र त्रिपाठी, किफायतुल्ला खान, दिनेश चन्द गुप्ता, सुशील श्रीवास्तव, कृष्ण कुमार गुप्ता, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी, बुद्धिजीवी, शिक्षा प्रेमी, स्थानीय, सुरक्षाकर्मी हरूको उपस्थित रहेको थियो l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

