महेश सिंह / सिरहा लहान ,२ माघ – सिरहाको लहान नगर पालिका वाडा नम्बर ९ लहान गोठटोल मा २ दिने प्रथम माघी महोत्सव सम्पन्न भएको छ।
थारु पौराणिक गित संगित भेष,भुशा र थारु परिकारहरुको बरकार राखन महोत्सवको आयोजना गरेको आयोजकले बताए।महोत्सवमा थारु समुदायका कल्चरल पोसाक सजिका दिदि बहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको छ।
मेलामा थारु परिकारका सयौं इन्सटहरुको रहेका छन्।
महोत्सवको उद्घाटन लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी र उप- प्रमुख राम चलितर महतोले गर्नु भएको आयोजक कमिटीका अधिकारी ब्यक्ति अमृत लाल चौधरीले जनाए।

उक्त महोत्सव रामानन्द चौधरी बाबा मेला कमिटी अध्यक्ष हुन्। उनको नेतृत्व मेला सम्पन्न भएको छ।वाडा अध्यक्ष घुरन चौधरीको विशेष पहल रहेकोे थियो। संगितको कार्यक्रममा राष्ट्रिय कलाकार मनिष चौधरी,अनुमा चौधरी लगायतका दर्जनौं कलाकारहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

