Rashtriya Dainik

देव स्थल निर्माणका लागि बडहरामा सतचण्डी महायज्ञ सुरु

उमेश बि.क / नवलपरासी, २ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ बडहरामा श्री श्री १०८ श्री सतचण्डी महायज्ञ साेमबारदेखि सुरु भएको छ।

बडहरा गाउबासिकाे अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् मन्दिर निर्माणका लागि महायज्ञ सुरु गरिएको हाे।

महायज्ञका संयाेजक रामानन्द जैसवालकाे संयाेजकत्वमा तथा चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीकाे प्रमुख अातिथ्यता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे बिशिस्ट अातिथ्यतामा कलशयात्रा तथा महायज्ञ सुभारम्भ भएको हाे।

महायज्ञलाई सम्बाेधन गर्दै चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले हिन्दु धर्मको रक्षाकाे निम्ति महायज्ञ ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको छ। साथै नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलाे भुमिका खेल्ने गरेकाे छ। वर्तमानका युवा पिँढीहरुकालागि समेत महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार, आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि महायज्ञ हुन जरुरी रहेको जाेड दिनुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले सामाजिक सद्भावकाे लागि महायज्ञ जरुरी छ भन्ने कुरामा जाेड दिनुभएको थियो । महायज्ञबाट सामाजिक सद्भाव, भातृ प्रेम, पिताको पैतृक आज्ञा, जनताको उत्तरदायित्व,सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको चाैधरीले जाेड दिदै महायज्ञबाट सामाजिक सदभाव,अनुसाशन,समाजमा सकारात्मक सुधार,धार्मिक सामाजिक कायमका लागि महायज्ञले ठुलाे भुमिका खेलेकाे कुरामा जाेड दिनुभएको थियाे।

महायज्ञ तथा कलशयात्रामा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन ,वडा नम्बर ५ वडा अध्यक्ष लक्षमण चाैधरी , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा सदस्य सुधव सहानी , वडा नम्बर ५ पुर्व वडा अध्यक्ष दिनेश सहानी , नेपाली काङ्ग्रेस वडा नं ४ सभापति जन्मेजय यादव लगाएत समाजसेवी,स्थानीय बासिन्दा तथा गाउँबासिकाे सहभागीतामा कलशयात्रा सुभारम्भ भइ सम्पन्न भएको हाे।

साेमबार देखि सन्चालन भइ माघ १० गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञ सय बढी संख्यामा बिशाल कलशयात्रा गरिएको थियो ।

माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम ,प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम ,प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम,प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम,प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम ,यज्ञ समापन माघ १० गते तथा प्रसाद बितरण कार्यक्रम माघ १० गते हुने महायज्ञ संयाेजक जैसवालले जानकारी दिनुभएको छ ।

अचार्य जि नितिश तिवारीले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित