Rashtriya Dainik

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरू)

नवलपरासी , २ माघ

पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्य तथा यात्रुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

लियाे क्लब अफ रामनगरकाे अायाेजनामा सोमबार साँझ मुमबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्। लियाे क्लब अफ रामनगर कार्यसमिति सदस्यहरु भुमहिमा दीप प्रज्वलन गरेका हुन्।

माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान दुर्घटना भएको थियो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन्। विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित