Rashtriya Dainik

तस्करीको सामान भेटेपछि पाथीभरा ट्रान्सपोर्ट सिल

वीरगंज २ माघ
वीरगंजको पाथीभरा ट्रान्सपोर्टमा प्रहरीले छापा हानि तस्करीको सामान फेला परेपछि सिल गरको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख एवम प्रहरी निरीक्षक बिसाल मल्लको कमाण्डको खटिएको टोलीले पाथीभरा ट्रान्सपोर्टमा भारतवाट अवैध रुपमा भन्सार छलि गरि ल्याएको सामानहरुलाई भण्डारण गरि राखेको सूचना पाए लगति खान तलासी गरेको थियो।खान तलाशीको क्रममा राजश्व छलेर भित्रयाइएका कपडा, हार्डवेयर , चकलेट लगायतका सामान फेला परेपछि उक्त ट्रान्सपोर्ट सिल गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको निर्देशनमा तस्करी नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको र गए राति पनि ट्रान्सपोर्टमा छापामारी गरेर सिल लगाइएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित राजेश मल्लिकले सन्चालन गरेको श्री पाथीभरा ट्रान्सपोर्टमा प्रहरीले सिल गरेको हो ।
त्यसै गरि ट्रान्सपोर्ट सिल गरेर यस बारे राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको र आवश्यक प्रकृया राजश्व अनुसन्धान कार्यालयले नै अगाडि बढाउने प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित