नवलपरासी , २ माघ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । परासी-भूमही सडकखण्ड अन्तर्गत सुनवल-१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र वाग्मती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कारचालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका -८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।
दुर्घटनामा घाइते हुनेमा कारमा सवार कपिलवस्तु वाणगंगा- ८ मधुवन बस्ने ३१ वर्षीय पूर्ण बहादुर राना,सोही ठाउँ निवासी २८ वर्षीय मनोजकुमार परियार, नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका बस्ने २८ वर्षीय गंगा गोदामी,नवलपरासी (पूर्व) कावासोती नगरपालिका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाँची शीतगंगा नगरपालिका -६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी घाइते छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बसमा सवार यात्रुहरू भने सकुशल छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

