Rashtriya Dainik

ईलाका प्रहरी कार्यालय बर्दघाटद्वारा १३ लाख भन्द बढीको अबैध खसीबोका पक्राउ

बिनोद निगम /नवलपरासी,२ माघ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिन चोकबाट आज १३ लाख ५० हजार मूल्य बराबरकाे अबैध खसीबाेका र बाख्रा बरामद गरीएकाे छ ।

विहान अन्दाजी ६ बजे ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. लक्ष्मण रास्कोटीको कमाण्डमा खटिगएको प्रहरी टोलीले साे अवैध खसीबाेका र बाख्रा बरामद गरेकाे हाे ।

पुर्व-पश्विम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको रा १ ख २९१६ नं. को ट्रकमा कुनै पनि कागजपत्र नभएका ९० गोटा जिउदो बाख्रा (प्रति गोटा रु. १५,०००/- को दरले) अं. मुल्य रु. १३ लाख ५० हजार बराबरको अवैध खसीबोका तथा बाख्रा नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेयले जानकारी दिनुभएकाे छ ।

नियन्त्रणमा लिइएको अवैध खसीबाेका र बाख्रलालाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएकाे डिएसपी पाण्डेले बताउनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित