राष्ट्रिय दैनिक / नवलपरासी , २ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ जनता मा.बि मनरीकाे प्रांगणमा थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित दुई दिने खिचडी माघी महोत्सव मेला एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सरावल गाउँपालिका २ मनरीमा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे १७ अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रम थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले “अापन धरम अापन इमान कलासंस्कृति अापन पहिचान” भन्ने मुल नाराकाे साथमा दुई दिने माघी महोत्सव मेला अाइतवार सम्पन्न भएको हो ।

पुस ३० गतेदेखि नै सञ्चालन भएको महोत्सव लोप हुन लागेको थारु कला संस्कृति जगेर्ना गर्न माघी महोत्सव श्रीराम युवा प्रतिष्ठानकाे १७अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रम संयाेजक चक्रमणी चाैधरीको अध्यक्षतमा तथा लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतको प्रमुख आतिथ्यता दुई दिने माघी महोत्सव मेला सम्पन्न गरिएको हाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिक भरिएको देश हाे । प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ। माघी महोत्सव बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा मानिन्छ । सरावल गाउँपालिका २ मा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे याे प्रयास अगामि दिन सम्म जारी रहाेस र यश क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन , पुर्व अध्यक्ष राधेश्याम चाैधरी , अर्थ मन्त्रालय सहसचिव राजेश्वर ज्ञवाली , समाजसेवी अाेम प्रकाश चाैधरी लगायतले बाेल्नुभएकाे थियो ।

महोत्सवमा कलशयात्रा,थारुहरुका विभिन्न नृत्य प्रतियोगिताहरु जस्तै झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच,स्थानीय कलाकारकाे बेजोड प्रस्तुति , वडा स्तरीय भलिबल प्रतियोगिता, खुल्ला महिला ढकिया दाैड प्रतियोगिता रक्तदान कार्यक्रम,थारु नाटक ,थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै टिकटक स्टारहरुकाे बेजोड प्रस्तुति रहेकाे थियाे ।
श्रीराम युवा प्रतिष्ठानकाे संस्थापक अध्यक्ष कृपाकाैशल चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन नगेन्द्र चाैधरी र गिता चाैधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

