नवलपरासी , १ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ । उहाँले आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खानेकुराको स्टल राखिएको थियो ।
सान्सद चौधरीले माघी थारु समुदायको मात्रै नभएर नेपाली संस्कृति झल्काउने विशेष पर्व भएको बताउनुभयो उहाँले माघी महोत्सवलाई अन्तरास्ट्रिय तहमा फैलाउन आफूले पनि भुमिका खेल्ने बताउनुभयो । आजै उहाँ मगर समुदायले आयोजना गरेको माघी कार्यक्रममा सहभागी हुनुभयो । बर्दघाट नगरपालिका १४ को धर्मवस्तीमा आयोजना भएको सास्कृतिक कार्यक्रममा सहभागी हुनुभयो । मगर समुदायले बिशेष महत्वका साथ माघी पर्व मनाउने गरेको छ । कार्यक्रममा चौधरी फाउन्डेसनका सचिव सारिका चौधरी पनि सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

