Rashtriya Dainik

तीन दिवसीय नेतृत्व विकास तालिम समापन

नवलपरासी –पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले तीन खम्बे अर्थ नीतिको एक खम्बा रहेको सहकारी क्षेत्रलाई सहभागी नगराई नगरको विकास सम्भव नहुने बताउनुभएको छ । शनिवार संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लि.बर्दघाट ४ को आयोजना न्यु भिजन मिडिया प्रालिको समन्वयमा आयोजित ३ दिवसीय नेतृत्व विकास सम्बन्धि तालिम समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – सहकारी क्षेत्रको पनि उतिकै सहभागिता र संलग्नता बनाएर मात्रै यो नगरपालिका सफल हुन्छ । हामी सबै सफल हुन्छौ । यो विश्वास यहाँहरु माझ राख्न चाहन्छू । नगरपालिकाले विकास र समृद्धिका लागि सहकारीसंग सहकार्य गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति एंव बरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीले शिक्षा र ज्ञानआर्जन जिवनपर्यन्त चलिरहने बताउनुभयो ।
न्यु भिजन मिडिया प्रालिका प्रमुख सल्लाहकार समेत रहनुभएका डा. न्यौपानेले तालिमले जिवन ब्यवहारलाई परिर्वतन गर्नुपर्ने औल्याउदै तालिमले पूर्नताजगी गराउने जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार समिति संयोजक चुडामणी भण्डारीले संस्थाले बिभिन्न आरोह अबरोह पार गर्दै वर्तमान अवस्थामा आएको बताउदै संस्थालाई दिगो ब्यवस्थापन गर्न तालिमहरु आवश्यक हुने बताउनुभयो । कार्यक्रममा संस्थाकी सल्लाहकार शान्तिदेवी हमालले महिलाहरुको शिप विकासमा लागि समेत संस्थाले योजना बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा पत्रकार समेत रहेका प्रशिक्षक कुश्माकर ढकाल, प्रशिक्षार्थीको तर्फबाट बोल्दै ओमबहादुर कार्की र रविना पाण्डेले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष छविलाल खरेलले संस्थाको कोषमा भएको रकम सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले समेत सहकारी क्षेत्रमा लगानी गरेर सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रम न्यु भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेयको संचालन संस्थाको कोषाध्यक्ष भिमादेवी अधिकारीको स्वागतमा भएको थियो । तीन दिन सम्म संचालन भएको तालिमको मेघराज गौतम , बेचु गौड र कुश्माकर ढकाल (कृष्ण)ले सहजीकरण गरेको सचिव विश्वेश्वर पटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य ईन्दिरा रोक्का, संस्थाका सल्लाहकार भोजराज ढकाल,रमेश बस्याल, गणेशकुमार पाठक पत्रकार पप्पु रेग्मी लगायतको आतिथ्यता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित