राष्ट्रिय दैनिक / नवलपरासी , १ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४,५ र ६ न्यानो कपडा वितरण गरिएको छ ।
चौधरी फाउण्डेसनको सहयोगमा सरावल गाउँपालिका अन्तर्गतका अति विपन्न बर्गलाई बलाङ्केट , स्विटर , ज्याकेट वितरण गरिएको हाे।

उक्त न्यानो कपडा वितरण गर्दै चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले फाउण्डेसन आवश्यकता अनुसार विभिन्न सामाजीक कार्यमा संलग्न रहदै आएकोले आगामी दिनमा समेत समाजका लागि विभिन्न गतिविधी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाली काङ्ग्रेस वडा नम्बर ४ सभापति जन्मेजय यादवले न्यानाे कपडा अति विपन्न वर्गलाई जाडाे छल्न सहज हुने भएकोले अाफुले पहल गरि हस्तान्तरण गरेको बताउनु भएको थियो । न्यानाे कपडा समयानुकुल वितरण भएको र अगामि दिनमा यश समुदायमा सहयोग साथ रहिरहने बताउनुभएको थियोे ।

न्यानो कपडा सरावल ४ मा ३५ , ५ मा २५ र ६ मा ३० जनालाई हस्तान्तरण गरिएको हाे।
सो अवसरमा पुर्व वडा अध्यक्ष छाेटेलाल यादव , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता लगायतकाले आ आफ्नो विचार राख्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

