अारपि उपाध्याय / नवलपरासी , ३० पुस पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालन भइरहेको वडा स्तरिय टि/टेन क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल सम्पन्न भएको छ । नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिबेणीको खेलमैदानमा एम्बिसन युवा क्लब रानीनगर र त्रिबेणी स्टार क्लब भानुनगर सी क्रीकेट टिम बीच प्रतिस्पर्धा हुदा एम्बिसन युवा क्लब रानीनगर ५७ रनले विजयी भएको छ । टस जितेर पहिलो ब्याटिंग गरेको एम्बिसन युवा क्लबले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा १०१ रन बनाउन सफल भएको थियो । जवाफि ब्याटिंग गर्दै त्रिबेणी स्टार क्लब भानुनगर ठट्टीयाखोलाले निर्धारित १० ओभर खेल्दै ८ विकेटको क्षतिमा मात्र ४४ रन बनाउदा एम्बिसन युवा क्लबले फराकिलो जित हात पारेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एम्बिसन युवा क्लब रानीनगरका बलर शुभम केवट म्यान अफ द म्याच घोषित भएका छन । केवटले किफायती बलिंग गर्दै ४ विकेट हात पारेको स्कोरर शेखर खत्रीले जानकारी दिनुभएको छ । केवटलाई म्यान अफ द म्याचको मेडल प्रदान गर्दै पुर्व क्रीकेट खेलाडी समेत रहनुभएका सञ्चारकर्मी आरपि उपाध्यायले अनुशासन पुर्वक खेलिने खेलबाट उत्कृष्ट नतिजा निकाल्न सकिने बताउनुभएको छ । त्यसैगरी अर्को क्रीकेट म्याच शिवपुरगढी मा.वि. र उज्ज्वल शिशु इङ्ग्लिस बोर्डिङ बिच भएको खेलमा शिवपुरगढी मा. वि. क्रीकेट टिमले टस जितेर पहिलो ब्याटिङ गरेकोमा निर्धारित १० ओभरमा ९ विकेट आउट पछि मात्र ५८ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुल रानीनगरले ३ विकेटको क्षतिमा ४ ओभर खेल्दै निर्धारित लक्ष्य भेट्टाउदा उज्ज्वल शिशुले ७ विकेटले जित हासिल पारेको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

