Rashtriya Dainik

भन्सार छलीगरि ल्याएको ६३ लाख मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद

बिनोद निगम , ज्ञानेश्वर सहानी / नवलपरासी , ३० पुस

पश्चिम नवलपरासी प्रहरीले ठूलो मात्रामा अवैध रुपमा राखिएको चिनी बरामद गरेको छ ।

शुक्रबार राति रामग्राम नगपालिका-८ लोसहडा स्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा राजस्व अनुसन्धान कार्यायलले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

बरामद भएको चिनी के कसरी जिल्लासम्म भित्रियो भन्ने विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ ।

यसअघि पनि जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर भारतबाट चिनी भित्राउने गरेको जनगुनासो बढेको थियो ।

सीमानाकामा हुने चोरी पैठारी रोक्न नसकेको र राजस्व संकलनमा कमी आएको भन्दै जिल्लाका दुईवटै सुरक्षा प्रमुखलाई काठमाडौं तानिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित