Rashtriya Dainik

माघीको अवसरमा लुम्बिनी प्रदेशले दियो दुई दिन सार्वजनिक बिदा

बुटवल, ३० पुस ।

लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित